पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापाली महिलाको काठमाडौमा मृत्यु

image

झापाकी एक महिलाको ट्याम्पो चलाउने क्रममा पोलमा घाँटी च्यापिएर मृत्यु भएको छ । झापा महारानीझोडा गाउँपालिका–८ घर भई हाल काठमाडौको सामाखुशी बस्दै आएकी ४३ वर्षीया तुलसा थापाको टाउको बाहिर निकालेर पार्किङस्थलबाट टेम्पो सडकमा निकाल्ने क्रममा पोलमा घाँटी च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सवा ६ बजे टाउको बाहिर निकालेर टेम्पो ब्याक गरी सडकमा निकाल्ने क्रममा पार्किङ स्थलमा रहेको फलामको पोलमा तुलसाको घाँटी च्यापिएको थियो । उनको उपचारको क्रममा पौने ७ बजे राष्ट्रीय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी वृत सिंहदरबारले जनाएको छ ।

थप सामाग्री