Categories
अनौठो कुरा मुख्य विश्व

मालीकी २५ वर्षीया महिलाले एकै पटकमा ९ बच्चालाई जन्म दिइन्: आमा र बच्चाहरुकाे अवस्था स्थिर

एजेन्सी । अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन्‌ ।

२५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन्‌। नवजात शिशुमध्ये ५ छोरी र ४ छोरा छन्‌ ।

उनको गर्भमा धेरैवटा बच्चा रहेको र प्रश्रव हुन विशेषज्ञ चिकित्सक आवश्यक पर्ने थाहा भएपछि मालिका अन्तरिम राष्ट्रपतिले सरकारी कोषबाटै खर्च ब्यहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पतालमा पठाएका थिए।

पहिले सिसेको गर्भभित्र ७ वटा बच्चा देखिएको चिकित्सकहरूले बताएका छन्‌। तर, मोरक्कोमा शल्यक्रिया गर्दा उनको पेटमा ९ वटा बच्चा रहेको पाइएको रोयटर्सले लेखेको छ।

अहिले आमा र सबै बच्चाको स्वास्थ्यावस्था स्थिर रहेको मालीको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। चिकित्सकहरूले पनि यस्तो घटना दुर्लभ रहेको तथा आमा र सबै बच्चाहरूलाई बचाउनसक्नु निकै ठूलो उपलब्धि हुने बताएका छन्‌।

Categories
कोरोना मुख्य विश्व

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा १७ प्रतिशतले कमी

एजेन्सी । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको सङ्ख्यामा १७ प्रतिशतले कमी आएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो ।

पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जनाएको विवरण सीएनएनले सार्वजनिक गरेको छ । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरुको भनाइ छ ।

झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम सङ्क्रमित अहिले नै भएको तथ्याङ्कमा उल्लेख छ । अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरुमा पनि सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ ।

त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो सङ्ख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो ।

Categories
कोरोना मुख्य विश्व

राष्ट्रपति बाइडेनले उल्ट्याए ट्रम्पका यी निर्णय

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिन कार्यकारी आदेश जारी गर्दै निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका कतिपय कार्यकारी आदेश उल्ट्याइ दिनुभएको छ । कार्यभार सम्हालेको केही घण्टाभित्रै ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएर आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गर्नुभएको हो ।

हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन, सपथ ग्रहणपश्चात ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गर्नुभएको थियो । उहाँले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन। उहाँले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन ।

यस्ता छन मुख्य आदेश

कोरोनाभाइरस महामारी

चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन्। तिनका मुख्य बुँदा यसप्रकार छन ः

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने। भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने

कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने

सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने

आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने ।

जलवायु सङ्कट
वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन्। त्यसको निम्ति उनको आदेशमा भनिएको छ :

सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनस् सामेल हुने
विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए

आप्रवासन

आप्रवासनको विषयमा उनको आदेशमार्फत बाइडनले दुई प्रमुख निर्णय गर्नुभएको छ :

ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा
मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द

संसदको दुवै सदनमा डेमोक्र्याटहरूको झिनो बहुमत रहेकाले बाइडनलाई अवसर भने छ। तर त्यसका निम्ति उनले रिपब्लिकनहरूले तेर्स्याउन सक्ने प्राविधिक तथा प्रक्रियागत अवरोध छिचोल्न सक्नुपर्नेछ।

Categories
कोरोना मुख्य विश्व

भारतमा कोरोना भाइरसविरुद्धको खोप अभियान

एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको राष्ट्रिय खोप अभियान सुरु भएको छ । शनिवार विहान साढे १० बजे भारतका प्रधानमन्त्रीले भिडियो शन्देशमार्फत अभियानको सुभारम्भ गरेका हुन् ।

खोप अभियान सुरु हुनुअघि नै देशभरका निर्धारित सबै स्थानमा खोप पुगिसकेको थियो । सरकारले बनाएको मापदण्ड अनुसार पहिलो चरणमा करिब तीन कारोड फ्रन्ट लाइनरहरूलाई खोप दिइने छ । खोप अभियानको पहिलो दिनमै करिब तीन लाख स्वास्थ्यकर्मीलाई दिइने सरकारको योजना छ । यो अभियनालाई भारत सरकारले संसारकै सबैभन्दा ठूलो खोप अभियान भन्दै प्रचार गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरूले खोप अभियानका लागि तीन हजार ६ खोप केन्द्र स्थापना गरेका छन् ।

भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले केन्द्र सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय परिसरमा रहेको विशेष कोभिड–१९ कक्षको अनुगमन गरेका छन् । सो क्रममा उनले चरणबद्ध रुपमा सबै प्राथमिकता समूहमा रहेका व्यक्तिले निःशुल्क खोप पाउने प्रतिबद्धता जनाए । उनले सो क्रममा सीरम इन्स्टिच्यूडद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्धको कोविशिल्ड भ्याक्सिन र भारत बायोटेकद्वारा विकास गरेको कोभ्याक्सिन दुबै सुरक्षित रहेको पनि दोहोर्याए । यसकारण यी दुवै खोप महामारी रोक्न सफल हुने विश्वास व्यक्त गरे ।

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति राशिफल विचार विश्व स्वास्थ/ शिक्षा

२०७७ माघ ४ गते , ई.सं.२०२१ जनवरी १७ आईतबार यस्तो छ तपाईंको राशिफल         

आजको पञ्चाङ्ग
मिति २०७७-१०-४ गते आइतबार तदनुसार ई.सं.२०२१-१-१७,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष चतुर्थी तिथि ९:२१ बजेसम्म उप्रान्त पञ्चमी तिथि,शतभिषा नक्षत्र ७:४३ बजेसम्म उप्रान्त पूर्वाभाद्रपदा नक्षत्र,वरियान् योग,बब करण, चन्द्रमा कुम्भ राशिमा।।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
मुख्य विश्व

अमेरिकी संसदमा ट्रम्प समर्थकको हमला, राजधानीमा कर्फ्यु

एजेन्सी । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमेरिकामा हिंसा मच्चिएको छ ।

हिंसाको केन्द्र राजधानी बनेको छ भने गएराति ट्रम्प समर्थकले संसद् भवन (क्यापिटल भवन) मा हमला गरेका छन् ।

घटनामा गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।

वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो ।

यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरे ।

प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरे र अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्न थाले । यसै क्रममा हिंसा सुरु भयो । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस् एक्सनमा उत्रियो ।

क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लाग्यो । ती महिलाको अस्पतालमा मृत्यु भयो । उनको परिचय भने खुलेको छैन ।

करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ ।

चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ ।

यस हिंसाका बीच राष्ट्रपतिमा निर्वाचिन बाइडनले ट्रम्पसँग हिंसालाई अन्त्य गर्न र संविधानको रक्षा गर्न अपिल गरेका छन् ।

ट्वीटरले ट्रम्पका ट्वीट र भिडियो सन्देशलाई निलम्बन गरेको घोषणा गरेको छ ।

Categories
कोरोना मुख्य विश्व स्वास्थ/ शिक्षा

भारतमा उत्पादित कोरोना खोप तत्काल निर्यातमा प्रतिवन्ध, नेपालले कहिले पाउँछ ?

काठमाडौं । भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । भारतमा आष्ट्रा जेनेकाको खोप उत्पादनको जिम्मेवारी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इन्डियाले पाएको छ । सिरमले विकासशील राष्ट्रका लागि एक अर्ब खोप उत्पादन गर्नेछ ।

अशोसिएट प्रेससँगको टेलिफोन अन्तवार्तामा पूणेवालाले तात्काल निर्यातमा प्रतिबन्ध लगाइने बताउनुभयो । जसले गर्दा विपन्न राष्ट्रले खोपको पहिलो डोज पाउन अझै केही महिना कुर्नुपर्ने हुन्छ । विश्वका अधिकांश विकसित राष्ट्रले कोरोनाविरुद्धको खोप पहिले नै आरक्षित गर्दा सिरम इन्स्टिच्युटका प्रमुख आदर पूणेवालाले सिरम इन्स्टिच्युटको उत्पादनको अधिकांश हिस्सा विकासशील राष्ट्रका लागि हुने बताउनुभएको हो ।

सिरम इन्स्टिच्युटले उत्पादन गर्ने खोप आकस्मिक प्रयोगका लागि भारतको औषधी नियामक निकायले आइतबार अनुमति दिएको थियो । सरकारले सङ्क्रमणको जोखिममा रहेका भारतीय सुरक्षित नभएसम्म खोप निर्यात गर्न नहुने शर्त राखेर अनुमति दिएको सिरमका कार्यकारी प्रमुख पूणेवालाले बताउनुभयो । कम्पनीलाई निजी बजारमा खुला रुपले खोप बिक्री गर्न समेत प्रतिबन्ध लगाइएको छ ।

‘तात्काल उक्त खोप मात्र भारत सरकारलाई दिने सहमति भएको छ,’ पूणेवालाले बताउनुभयो । उक्त निर्णयले बजारमा खोप ‘होर्डिङ’ गर्न निरुत्साहित गर्ने विश्वास लिइएको छ । विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनीसँग यस प्रकारको सहमतिले विश्व स्वास्थ्य संगठनको खोप गठबन्धन ९गाभी०को निसङ्क्रमण कार्यक्रमलाई समेत प्रभावित बनाउनेछ । गाभीले कोरोनाविरुद्ध विभिन्न कम्पनीले उत्पादन गरेको खोपलाई कोभ्याक्स नाम दिएर विपन्न राष्ट्रसम्म पुर्याउने अभियान चलाउनेछ ।

कोभ्यास खोप मार्च वा अप्रिल महिनामा मात्रै गाभीले सिरम इन्स्टिच्युटको खोप प्राप्त गर्न पाउनेछ । सिरम इन्स्टिच्युटले करिब तीसदेखि चालीस करोड खोप विश्व स्वास्थ्य संगठनको गाभीलाई दिने सम्झौता गर्ने तयारीमा रहेको छ । उक्त सम्झौता आष्ट्रा जेनेकाको उत्पादन र नोभाभाक्ससँग गरिएको दश करोड खोप आपूर्ति गर्ने सम्झौताभन्दा बाहिरको सहमति हो । उहाँले सिरम इन्स्टिच्युटले उत्पादन गरेको करीब दश करोड खोप भारत सरकारलाई विशेष मूल्यमा बिक्री गर्न लागिएको बताउनुभयो । जसअनुसार दश करोड खोप मात्र प्रति डोज दुई सय भारतीय रुपियाँमा सरकारले खरिद गर्नेछ । लगत्तै मूल्य बढाइनेछ ।

निजी बजारमा उक्त खोपको मूल्य करिब एक हजार भारतीय रुपियाँ हुनेछ । भारत सरकारले सम्झौता गरेको सात वा दशदिन भित्र राज्यभित्र खोप आपूर्ति हुने सिरमका प्रमुख पूणेवालाले जानकारी दिनुभयो । भारत र कोभ्याक्ससँग खोप वितरणको सन्तुलन बनाउने गरी सन् २०२१ को डिसेम्बर महिनासम्म कोभ्याक्सलाई बीसदेखि तीस करोड खोप आपूर्ति गरिनेछ । ‘हामी सबैलाई खोप दिन सक्दैनौं, तर प्राथमिकता निर्धारण गर्न सकिन्छ ।’

सिरम इन्स्टिच्युटले विभिन्न राष्ट्रलाई खोप बिक्री गर्न द्विपक्षीय सम्झौता गर्ने तयारी गरिरहेको छ । जस बमोजिम बङ्गलादेश, सऊदी अरेयिबा र मोरक्कोले खोप खरिद गर्ने तयारी गरिरहेको छ । सबै खोप उत्पादकले नियमित उत्पादन गरे पनि विश्व बजारमा आगामी वर्षसम्म खोपको अभाव रहिरहने पूणेवालाले बताउनु भयो ।

Categories
अनौठो कुरा जीवनशैली मुख्य राजनीति विश्व

रातभर पार्टी गरेर सुतेका सोभियत तानाशाह स्टालिन कहिल्यै उठेनन्

बीबीसी । २१ डिसेम्बर १९५२। आफ्नो जन्मदिनको अवसरमा जोसेफ स्टालिनले भव्य पार्टी दिएका थिए, जसमा उनका नजिकका मानिसमात्र आमन्त्रित थिए। ग्रामोफोनमा घरी स्थानीय संगीत त घरी डान्स गर्ने गीत बजिरहेको थियो। डिस्क चयन स्टालिन आफैं गरिरहेका थिए।

पार्टीका दुईजना पाहुनालाई भने त्यो माहोल मन परिरहेको थिएन। त्यसमध्ये एक थिए– निकिता ख्रुस्चेब, जसलाई डान्स गर्न मन पर्दैनथ्यो। ख्रुस्चेबलाई चिढ्याउन स्टालिनले युक्रेनको गोपाक डान्स गर्न आग्रह गरे। स्टालिन आफैं पनि डान्सका विज्ञ थिएनन्। त्यसैले अरुलाई डान्स गर्न लगाउँदा उनलाई मजा आउँथ्यो। जो नाच्न जान्दैन, उसैलाई नाच्न लगाउँथे ।

दोस्रो  जसलाई त्यो साँझको महफिल मन परिरहेको थिएन, उनी थिइन् स्टालिनकी छोरी स्वेतलाना अलिलुएवा। उनी २६ वर्षकी थिइन्। त्यतिबेलासम्म उनको दुईपटक सम्बन्धविच्छेद भइसकेको थियो। स्वेतलानालाई कसैको ‘हुकुम’ सह्य हुँदैनथ्यो।

स्टालिनले आफ्नी छोरीसँग डान्स गर्ने इच्छा राखे तर उनले ठाडै अस्वीकार गरिदिइन्। स्टालिनलाई पनि छोरीको त्यो अस्वीकार्यता मन परेन। उनले छोरीको कपाल समाते र तानेर अगाडि ल्याए। यो अपमानले स्वेतलानाको अनुहार रातो भयो र आँखाबाट आँसु झर्न थाले।

निकिता ख्रुस्चेब आफ्नो आत्मकथा ‘ख्रुस्चेब रिबेम्बर्स’ मा लेख्छन्– स्टालिनले स्वेतलानामाथि त्योभन्दा बढी ‘पाशविक’ व्यवहार देखाएनन्। वास्तवमा छोरीलाई स्नेह देखाउने स्टालिनको त्यो आफ्नै एउटा स्टाइल थियो। तर अरुले देख्दा बाबुले छोरीमाथि निकै ज्यादती गरेको देखिन्थ्यो। स्टालिन अक्सर यस्तो हर्कत गरिरहन्थे।

दुई महिनापछि २८ फेब्रुअरीमा स्टालिनले आफ्नै स्टाइलमा आफ्ना चारजना वरिष्ठ सहयोगीलाई फिल्म हेर्न बोलाए। फिल्मपछि सबैका लागि राम्रो खाना र मदिरा पस्किइयो।

पार्टीमा सबै रमाइरहेका थिए। स्टालिन पनि रमाएकै देखिन्थे । सहभागी कसैलाई महसुस भएन कि स्टालिनको स्वास्थ्य खराब भइरहेको छ। पार्टी भोलिपल्ट बिहान (१ मार्च) को बिहान चार बजेमात्र सकियो।

ख्रुस्चेब लेख्छन्– हामी सबैले स्टालिनलाई फूर्तिलो नै छोडेर आएका थियौं। उनी हामीसँग हँसीमजाक गरिरहेका थिए। जानीजानी युक्रेनी लवजमा मेरो पेटतिर औंला देखाउँदै मलाई उडाइरहेका थिए।

पार्टी सकिएपछि स्टालिनले आफ्ना अंगरक्षकहरुलाई सुत्न जान निर्देशन दिए।  ‘नबोलाएसम्म कोही मेरो कोठामा नआउनू’ भनेर उनी सुत्न गए।

स्टालिनका जीवनीकार रोबर्ट सर्विस लेख्छन्– एक मार्च दिनभर स्टालिनको कोठाबाट कुनै आवाज आएन। त्यहाँ हरेक अंगरक्षकको दुई घण्टाको सिफ्ट हुने गर्थ्यो। त्यसपछि अंगरक्षक दुई घण्टा आराम गर्थे र फेरि अर्को सिफ्टमा जान्थे। सुरक्षाकर्मी चनाखो भइरहून् भनेर स्टालिनले त्यसो गर्ने आदेश दिएका थिए।

बिहान उठेपछि स्टालिन कागतीको टुक्रा र एक कप चिया मगाउँथे। तर त्यो दिन स्टालिनले चिया र कागती नमगाएपछि अंगरक्षक चिन्तित बनेका थिए। साँझ साढे ६ बजेसम्म पनि स्टालिन आफ्नो कोठाबाट बाहिर निस्केनन्। उनले न कुनै खानेकुरा मगाए न केही गर्ने आदेश नै दिए।

राति १० बजे मस्कोस्थित पार्टीको केन्द्रीय कमिटी कार्यालयबाट स्टालिनका लागि एउटा प्याकेट आयो। अंगरक्षकहरुले आपसमा सल्लाह गरे र पावेललाई प्याकेट लिएर स्टालिनको शयनकक्षमा पठाउने निर्णय गरे।

जब पावेल शयन कक्षमा छिरे, उनी स्तब्ध भए। स्टालिन जमिनमा ढलेका थिए। उनको एउटा हात थोरै माथि उठेको थियो । उनी पूरै बेहोस थिएनन् तर केही बोल्न सकिरहेका थिएनन् । उनले पाइजामामा पिसाब गरेका थिए।

नजिकै अखबार र पानीको बोतल थियो। बत्ती बाल्न खोज्दा स्टालिन ढलेको र उठ्न नसकेको अनुमान अंगरक्षकले गरे।

यति हुँदा पनि तुरुन्त डाक्टर बोलाउनुपर्छ भन्ने कसैलाई लागेन। अंगरक्षकले गृहमन्त्री सरजइ इग्नातिएवलाई फोन गरे मस्कोमा। गृहमन्त्रीले मेलेनकोव र बेरियालाई खबर गरे। बेरिया त्यतिबेला एक महिला मित्रको साथमा रात बिताइरहेका थिए। बेरियाले आदेश दिए– स्टालिनको अवस्थाबारे कसैलाई केही नबताउनू।

अंगरक्षकले स्टालिनलाई भुइँबाट उठाएर ओछ्यानमा राखे  र कम्बल ओढाइदिए। त्यसपछि ुमाथिको आदेशु पर्खेर बसिरहे।

बेरिया र मेलेनकोव आइपुग्दा स्टालिनको मुखबाट घुरेको जस्तो आवाज आइरहेको थियो। बेरियाले डाक्टर बोलाउनुको साटोे अंगरक्षकलाई हकार्दै भने– तिमीहरु देख्दैनौ, कमरेड स्टालिन गहिरो निद्रामा हुनुहुन्छ१ तिमीहरु बाहिर जाओ, कमरेडलाई आरामले सुत्न दिऊँ।

दुई मार्चको बिहानसम्म पार्टीका सबैजसो नेता स्टालिनलाई हेर्न पुगिसकेका थिए। तर कसैले पनि डाक्टर बोलाउन जरुरी ठानेनन्।

स्टालिनकी छोरी स्वेतलानालाई बिहान १० बजेमात्र यसको सूचना पुग्यो। उनी फ्रेन्च भाषाको क्लासमा थिइन्।

रोबर्ट सर्विस लेख्छन्– यसबाट पनि थाहा हुन्छ, स्टालिनको अवस्था जानीबुझी खराब हुन दिइयो ।

डाक्टर पुग्दा स्टालिन ढलेको १२ घण्टाभन्दा बढी भइसकेको थियो। स्टालिन आफ्नै दिसापिसाबमा डुबिसकेका थिए। स्टालिनले रगत बान्ता गरेपछि डाक्टरले फोक्सोको एक्सरे गरे। स्थिति कति गम्भीर छ भन्ने डाक्टरले अनुमान गरिहाले।

स्टालिन तीन दिनसम्म उस्तै मूर्छित अवस्थामा लडिरहँदा पनि डाक्टरले केही उपचार गरेनन्। पार्टीका दुई नेताले पलङको छेउमा स्टालिनलाई रुँगिरहे।

३ तारिखमा डाक्टरले चेतावनी दिए– स्टालिनको हालत एकदमै खराब छ, जुनसुकै बेला जेसुकै हुनसक्छ।

डाक्टरहरुले खराब समाचारका लागि तयार रहन भनेपछि ४ मार्चमा पार्टीका नेताहरुको बैठक बस्यो। बेरियाले मेलेनकोवलाई स्टालिनको स्थान लिन प्रस्ताव गरे। यसमै सहमति भयो र बैठक सकियो। यद्यपि, स्टालिन मरिसकेका थिएनन्।

बैठकपछि नेताहरु स्टालिन ढलेको ठाउँमा पुगे, जहाँ उनी अन्तिम सास लिइरहेका थिए। स्टालिन पलङबाट तल टाउको लतारेर बल्लतल्ल सास फेरिरहेका थिए।

५ मार्चमा फेरि स्टालिनले रगत बान्ता गरे। यसबीचमा सबैको आशा बेरियामा थियो, जो स्टालिनको हात समातेर उनी नै स्टालिनको सबैभन्दा नजिक रहेको आभाष दिलाइरहेका थिए।

स्टालिनको अनुहार अर्कै भएको थियो। ओठ काला भएका थिए र अनुहार चिन्नै नसकिने भएको थियो।

आखिरी क्षणमा उनले पलभरका लागि आँखा खोले र कोठामा रहेका सबैमा नजर दौडाए। आफ्नो हात उठाए। मानौं, उनी कसैलाई केही इशारा गर्दै छन् वा श्राप दिन खोज्दै छन्।

लगत्तै उनको प्राणपखेरु उड्यो। त्यतिबेला बिहान ९ बजेर ५० मिनेट गएको थियो।

सबै नेताहरु एकअर्कालाई अंगालो मारेर रुन थाले। ख्रुस्चेबले पनि छोरी स्वेतलानालाई अंगालो मारेर संवेदना प्रकट गरे। सबै नोकर तथा अंगरक्षकहरुलाई स्टालिनको अन्तिम दर्शन गर्न अनुमति दिइयो।

दुई दशकसम्म रुसमा स्टालिनलाई महानतम जीवित व्यक्ति मानिएको थियो।

९ मार्च १९५३ मा स्टालिनको अन्तिम संस्कार गरियो। चीनका प्रधानमन्त्री चाउ एन लाई पनि शवयात्रामा सहभागी हुन मस्को पुगे। स्टालिनका पुराना प्रतिद्वन्द्वी विन्स्टन चर्चिल तथा अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले पनि शोक सन्देश पठाए।

कम्युनिस्ट देशका मिडियाले एक स्वरमा लेखे– इतिहासको सबैभन्दा अग्ला पुरुष रहेनन्।

पश्चिमी मिडियाको मिश्रित प्रतिक्रिया थियो। उनीहरुले स्टालिनले गरेका मानवता विरोधी अपराधलाई पनि याद गर्दै सोभियत संघको आर्थिक कायापलट र हिटलरविरुद्ध सोभियत रुसको जितको श्रेय पनि दिए ।

रेहान फजल (बीबीसी)

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको कृपाले २०७७ पौष १७ अर्थात ई.सं. २०२१ को पहिलो दिन (नयाँ बर्ष) शुक्रवार कस्तो रहला तपाईंको दिन ?    

आजको पञ्चाङ्ग
मिति २०७७-९-१७ गते शुक्रबार तदनुसार ई.सं.२०२१-१-१, प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु,पौषकृष्णपक्ष द्वितीया तिथि ९:२२ बजेसम्म उप्रान्त तृतीया तिथि,तिष्य नक्षत्र, वैधृति योग, वणीज करण,चन्द्रमा कर्कट राशिमा। आजबाट २०२१ जनवरी प्रारम्भ।।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
मुख्य विश्व

यमनका प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरू माथि गरिएको आक्रमणमा कम्तीमा २२ को मृत्यु

बीबीसी। यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ५० भन्दा बढी घाइते भएको बताइएको छ।

युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ।

घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू “सकुशल”रहेको बताएका छन्। सूचना मन्त्रीले हुथी विद्रोहीहरूले “कायरतापूर्ण आतङ्कवादी कार्य” गरेको आरोप लगाएका छन्।

सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ। साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनस् स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो।

त्यहाँ द्वन्द्वका कारण ११०,००० भन्दा बढीले ज्यान गुमाएको बताइएको छ जसले लाखौँलाई भोकमरीको चपेटामा पारेको छ। कोभिड(१९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ।

भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ। मन्त्रीहरूको स्वागतका लागि पुगेको भिड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए।

त्यसको केही समयमै बन्दुक प्रहारको आवाज सुनिएको थियो। समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुई वटा विस्फोट सुनेको बताएका छन्।

अन्तर्राष्ट्रिय समन्वय सम्बन्धी मामिला हेर्ने एक जना मन्त्रीले पनि दुई पटक विस्फोटन भएको बताए। हालसम्म घटनाको कारण स्पष्ट हुन सकेको छैन।

साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्ग (टरम्याक)मा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ।

अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ। यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप सचिव मारिएको र दुई जना उप(मन्त्री घाइते भएको उल्लेख गरेको छ।

प्रधानमन्त्री मीन अब्दुल मलिक सइद सहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो। सन् २०१९को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो।